मौजाका कृषकलाई बाख्रापालन तालिम

समाधान संवाददाता २०७७ चैत ३१ गते १६:३८

समाधान संवाददाता, पोखरा ।

बाख्रा पालनको पकेट क्षेत्र पोखरा महानगरपालिका २० को मोहोरियामा १ दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । पोखरा महानगरका पशुसेवा शाखाको आयोजना तथा पोखरा २० को समन्वयमा कृषक लक्षित सेवा केन्द्र स्तरीय एकदिने स्थलगत बाख्रापालन तालिम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन गर्दै पोखरा २० का वडाध्यक्ष सीम गुरुङले बाख्रापालन निर्वाहमुखी नभइ व्यवसायीक रुपमा गर्नुपर्ने बताए ।

Advertisement

आँटीघर र मोहोरियामा समूहगत मात्र नभई व्यक्तिगत रुपमा पनि व्यावसायिक रुपमा बाख्रापालन गर्र्न स्थानीयलाई आग्रह गरे । व्यावसायिक रुपमा गाउँमै बाख्रापालन गरे युवाहरु गाउँ छाडेर जानुपर्ने बाध्यता हट्ने उनले बताए ।

पोखरा महानगरपालिकाका पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले पोखराभित्रको एकमात्र बाख्रापालन गर्ने कृषकहरुद्वारा सहकारी सञ्चालन गरेर कृषकहरुलाई व्यवसायीक बनाउने जमर्को गरिएको सुनाए । बाख्रापालनसँगै कृषकहरुले आफ्नो आयआर्जनलाई वृद्धि गर्न घाँस खेती गर्न सक्ने बताए ।

Advertisement

गाउँमा होमस्टे पनि खुलेकाले आन्तरिक पर्यटकहरु भित्रिने भएकाले कृषि पर्यटनको समेत निकै सम्भावना रहेको अधिकारीले बताए । मौजा बाख्रापालन कृषि सहकारीका अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका लेखा समिति संयोजक भीमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ३० कृषकहरु सहभागि थिए । कार्यक्रममा पोखरा २० का वडा सदस्य मोतीप्रसाद पौडेल, पशुसेवा केन्द्र भलामका प्रमुख पुष्प अधिकारी लगायतले आआफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया