पोखरामा हावाहुरीले रुख ढल्यो, १ जना घाइते
समाधान संवाददाता
२०७७ चैत ३१ गते २१:१५

समाधान संवाददाता, पोखरा
पोखरामा मंगलबार साँझ ५ बजेपछि एक्कासि हावाहुरी चल्याे, पानी पर्याे । हावाहुरीले पोखरा ११ रानीपौवामा सडक छेउको रुख ढल्यो ।
रुख ढल्दा ट्याक्सी, स्कार्पियो, मोटरसाइकल र स्कुटरसहित आधा दर्जन सवारीमा क्षति भएको छ ।
गुड्दै गरेको ट्याक्सी, पार्किङमा राखिएको गाडी र २ पांग्रे सवारीमा क्षति पुगेको हो । पैदलयात्री पोखरा १२ चापापानी बस्ने ५१ वर्षीय धनबहादुर लामा घाइते भएका छन् ।
टाउको र छातीमा सामान्य चोट लागेको लामाको अवस्था मध्यम रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । घाइतेको मेडिप्लस हस्पिटलमा उपचार भइरहेको छ ।




तस्बिरः सिद्धार्थ गौतम
सम्बन्धित









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया