पोखरामा हावाहुरीले रुख ढल्यो, १ जना घाइते
समाधान संवाददाता
२०७७ चैत ३१ गते २१:१५

समाधान संवाददाता, पोखरा
पोखरामा मंगलबार साँझ ५ बजेपछि एक्कासि हावाहुरी चल्याे, पानी पर्याे । हावाहुरीले पोखरा ११ रानीपौवामा सडक छेउको रुख ढल्यो ।
रुख ढल्दा ट्याक्सी, स्कार्पियो, मोटरसाइकल र स्कुटरसहित आधा दर्जन सवारीमा क्षति भएको छ ।
गुड्दै गरेको ट्याक्सी, पार्किङमा राखिएको गाडी र २ पांग्रे सवारीमा क्षति पुगेको हो । पैदलयात्री पोखरा १२ चापापानी बस्ने ५१ वर्षीय धनबहादुर लामा घाइते भएका छन् ।
टाउको र छातीमा सामान्य चोट लागेको लामाको अवस्था मध्यम रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए । घाइतेको मेडिप्लस हस्पिटलमा उपचार भइरहेको छ ।




तस्बिरः सिद्धार्थ गौतम
सम्बन्धित
तपाईको प्रतिक्रिया