पदक विजेतालाई बब्स जिमको सम्मान

समाधान संवाददाता, पोखरा
रुप कार्की स्मृति प्रथम राष्ट्रिय पावर लिफ्टिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । लेकसाइडस्थित बब्स जिम लेकसिटीले मंगलबारपदक विजेतार सहभागी ३ जनालाई सम्मान गरेको हो ।
प्रतियोगितामा बब्स जिमका प्रशिक्षक ज्योति थापाले ओभरअलमा स्वर्ण जितेकी थिइन् । त्यस्तै जिमकै पुनम तामाङ बमजनले ६० केजी तौल समूहमा कास्य जितेकी थिइन् ।
खेलाडीद्वय थापा र तामाङ र एक सहभागी गरी ३ जनालाई मंगलबार जिममै आयोजित कार्यक्रममा प्रशिक्षक, खेलाडीलगायत शुभचिन्तकले सम्मान गरेका हुन् ।
पुरुष, महिला र पुरुष मास्टर्स गरी १० विधामा प्रतिस्पर्धा भएको थियो । प्रत्येक विधामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा हुँदा ओभरअलमा बब्स जिमकै प्रशिक्षक ज्योती प्रथम भएकी थिइन् ।
सम्मानपछि खुसी व्यक्त गर्दै खेलाडी थापाले प्रतियोगिता सोचेको भन्दापनि राम्रो भएको बताइन् । खेलाडी तामाङले महिला पनि चुलोचौकोबाट बाहिर निस्किएर खेलकुदमा सफलता हात पार्न सक्छन् भन्ने उदाहरण भएको उनको भनाइ थियो ।
जिमका प्रशिक्षक केशव उदासले पछिल्लो समय जिम हलमा महिला बडीबिल्डरको आकर्षण बढिरहेको सुनाए । ‘बडीबिल्डिङमा महिलाहरुलाई चुनौतीसँग अवसर पनि छ । आजकल जिमहलमा आकर्षण पनि बढेको छ,’ उनले भने ।
जिम सञ्चाल बैभव पौडेलले आफ्नै जिमका सदस्यले प्रतियोगितामा पदक जितेको भन्दै खुसी व्यक्त गरे । ‘यो हाम्रा लागि जिम हल सुरु भएपछिको सबैभन्दा ठूलो उपलब्धी र खुसिको क्षण हो,’ पौडेलले भने ।
प्रतियोगिता २७ र २८ चैतमा काठमाडौंमा भएको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न विधामा झन्डै १ सय ५० खेलाडी सहभागी थिए ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया