अविश्वासको प्रस्ताव प्रतिगामी कदम हो, डटेर सामना गर्छु–मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७८ वैशाख १ गते २१:१६

समाधान संवाददाता, पोखरा ।

गण्डकी प्रदेशका मुख्यममन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । मुख्यमन्त्री बनाउने र हटाउने काम प्रदेश सभाको हो भन्दै गुरुङले प्रदेश सभामा अविश्वासको प्रस्तात दर्ता भएमा डटेर सामना गर्ने बताए ।

गण्डकी प्रदेश सभामा रहेका नेकपा एमाले बाहेकका सबै दल एकै ठाउमा उभिएर सरकार प्रतिस्थापन गर्न एक जुट भएपछि गुरुङ सरकार ढल्ने निश्चित जस्तै छ । विहीबार उनी विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता हुँदैछ ।

Advertisement

प्रदेश सभाको निर्बाचनमा जाँदा नै एमाले र माओवादी मिलेर चुनाव लडेका हौं भन्दै त्यति बेला जनतालाई वामपन्थीको नेतृत्वमा स्थिर सरकार दिने बाँचा गरेको स्मरण गरे । जनताले त्यही नारालाइ विश्वास गरेर मतदान गरेेकाे र वामपन्थीलाइ दुइ तिहाइ नजिक पुर्याएकाे दावी गरे ।

जनता समक्ष गरिएको त्यही बाँचा अनुसार वामपन्थी दलहरुको समर्थनमा मेरो नेतृत्वमा सरकार गठन भएको भन्दै गुरुङले भने, ‘वामपन्थी नेतृत्वको सरकार विरुद्ध अविश्वास गरेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गर्नु प्रतिगामी कमद हो ।’

Advertisement

उनले प्रदेशमा अस्थिरता सृजना गर्न खोज्नेहरु सकृय भएको बताएका छन् । विकास निर्माणका कामले गति लिइरहेको बेलामा सरकार परिवर्तनको प्रयास भैरहेको छ भन्दै गुरुङले प्रदेशका जनताले यो षडयन्त्रको मुल्याङ्कन गर्ने विश्वास पनि व्यक्त गरे ।

सत्ता र स्वार्थलाई केन्द्रमा राखेर ल्याउन लागेको अविश्वासको प्रस्तावको आफ्नो दलले डटेर सामना गर्ने र त्यो प्रस्तावलाई फेल गराउन प्रयास गर्ने समेत उनले बताए ।

‘अहिले नयाँ बजेटका लागि तयारी गर्ने बेला छ, कोरोनको दोश्रो भेरियन्टले आतंक मञ्चाएको छ,’ मुख्यमन्त्री गुरुङले समाधानसँग भने, ‘यस्तो बेलामा सरकार ढाल्ने षड्यन्त्र ? अरुलाई अरुकै रन्को, के जातीलाई खानको रन्को भने जस्तो यिनीहरुलाई जनहितको मतलब छैन, सत्ताकै लोभ रहेछ ।’

तपाईको प्रतिक्रिया