कास्की हरियो क्रिकेट सिरिज च्याम्पियन

समाधान संवाददाता २०७८ वैशाख २ गते १५:१८

समाधान संवाददाता, पोखरा ।

यु–१९ दुई दिवसीय क्रिकेट सिरिजको उपाधि कास्की हरियोले जितेको छ । बुधबार भएको अन्तिम दिनको प्रतिस्पर्धामा कास्की निलोलाई १ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुई दिवसीय क्रिकेट सिरिजमा कास्की हरियोले टस जित्दै कास्की निलोलाई ब्याटिङको निम्तो दिएको थियो ।

Advertisement

कास्की निलो पहिलो इनिङमा ९० रनमै समेटियो । सोहेल कुँवरले सर्वाधिक २६ रन हिर्काए । निरन्जन यादवको नाममा भने २२ रन रह्यो । बलिङतर्फ भने सगुन सापकोटाले ५ विकेट लिदाँ सुवास भण्डारीले पनि ३ विकेट आफनो नाममा लेखाए ।

कास्की हरियोले पहिलो इनिङमा १३४ रन बनाउँदै पहिलो इनिङ टुग्याएको थियो । ३४ रनको अग्रता लियो । निश्चत भुसालको १८, विपिन शाहीको १७ र सुवास भण्डारीको १५ रनको योगदानमा कास्की हरियोले १३४ रन बनाउँदै इनिङमा ३४ रनको अग्रता लिएको थियो । नितेश गिरीको नाममा ५ विकेट लेखियो ।

Advertisement

कास्की निलोले दोस्रो इनिङ सुरु गर्दै १६० रन बनायो । मुष्कान थापाले अर्धशतकीय पारी खेले । उनले ७३ रनको ठोस इनिङ खेले । किरण पौडेलले ३६ रन बनाए । सुवास भण्डारीले ५ विकेट लिदाँ सगुन सापकोटाको नाममा ४ विकेट लेखियो ।

कास्की हरियोले जितको लागि १२७ रनको लक्ष्य पाएको थियो । जितको लक्ष्यलाई हरियोले १ विकेट बाँकी छदाँ पूरा गर्दै च्याम्पियन बन्यो । सुदिप अर्यालले ३८ रन नटआउट हिर्काए । सुवास भण्डारीको नाममा २३ र सिब्रिन श्रेष्ठले १८ रनको योगदान दिएका थिए । दोस्रो इनिङमा नितेश गिरीले ३, निशान कुँवरले २ र किरण पौडेलले २ विकेट लिए ।

पोखरा क्रिकेट एकेडेमीको मुख्य प्रायोजन, कास्की क्रिकेट क्लबको व्यवस्थापनमा आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडी सुवास भण्डारी घोषित भए । बेष्ट व्याट्सम्यानको पुरस्कार गोविन विक घोषित हँुदा बेष्ट बलर सुवास भण्डारीले पुरस्कार थापे ।

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवनसन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, कास्की क्रिकेट क्लबका अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए ।

दुईदिवसीय क्रिकेट सिरिजको लागि गण्डकी प्रदेशका कास्की, नवलपुर, तनहुँ, बाग्लुङ र स्याङजाका ६५ जना खेलाडीबाट छनोट गरी तीन टिम तयार गरिएको थियो । पोखराको क्रिकेट इतिहासमा दुई दिवसीय क्रिकेट सिरिज पहिलो पटक आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया