शैक्षिक उन्नयनमा कुमुदिनीको सहयात्रा

समाधान संवाददाता, पोखरा ।
पोखराको गैरापाटनस्थित कुमुदिनी होम्स सामुदायिक विद्यालयहरुको शैक्षिक उन्नयन तथा भौतिक संरचना निर्माणमा सारथी बनेको छ ।
विद्यालयले कास्कीको पुरुञ्चौरस्थित लप्सीटाकुराको हिमालयन आधारभुत विद्यालय र खादर्जुङस्थित वाराही आधारभूत विद्यालयको भौतिक संरचना निर्माण र ति विद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरुको शैक्षिक उन्नयनमा सहयोग गर्दै आएको संस्थापक अशोककुमार पालिखेले जानकारी दिए ।
विद्यालयको कक्षा कोठा तथा शौचालयको निर्माण र फर्निचरका सामग्री, विद्यालय पोशाक, शैक्षिक सामाग्री, दिवा खाजाका लागि होम्सले सहयोग गर्दै आएको छ ।
कुमुदिनीले ति विद्यालयहरुमा अध्ययनरत् गरिब तथा जेहेन्दार विद्यार्थी र अभिभावकहरुका लागि समेत खाद्यान्नका सामानहरु समेत सहयोग गर्दै आएको छ । पालिखेका अनुसार केही होम्सको तर्फबाट र होम्समा अध्ययनरत विद्यार्थीको तर्फबाट सामुदायिक विद्यालयहरुलाई सहयोग पुग्ने गरेको हो । होम्समा अध्ययनरत् करिब १३ सय विद्यार्थीहरुले शैक्षिक सामाग्री सहयोग गर्ने उनको भनाई छ ।
कुनैबेला १२÷१३ विद्यार्थी मात्र रहेको हिमालयनमा कुमुदिनीको सहयोगले अहिले विद्यार्थी संख्या बढेको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद गौतमले बताए । पोखरा महानगर र माछापुच्छ«े गाउँपालिका जोड्ने भुर्जुङखोलामाथिको पुल कुमुदिनीले बनाइदिएपछि विद्यालयमा विद्यार्थीको संख्या बढेको गौतमले बताए । गौतमका अनुसार हाल विद्यालयमा ३० विद्यार्थी अध्ययनरत् छन् । वाराहीका विद्यार्थीलाई समेत कुमुदिनीले विद्यालयको भौतिक संरचना निर्माण लगायत विद्यालय पोशाक, दिवा खाजाको व्यवस्था गरेको प्रधानाध्यापक रामप्रसाद आचार्यले बताए ।
कुमुदिनी होम्सले बिहीबार कास्कीको दुई विद्यालयका विद्यार्थीहरुलाई चस्मा वितरण छ । होम्सले बाराहीका ७ र हिमालयनका ४ जना विद्यार्थीलाई चस्मा वितरण गरेको हो । ति विद्यालयका ६५ जना विद्यार्थीहरुको आँखा परीक्षण गर्दा ११ जना विद्यार्थीले आँखा कम देख्ने गरेको रिपोर्ट आएको थियो । लोटस फाउण्डेशन जर्मनीको सहयोग तथा आँखा विशेषज्ञ डा सोवित पौडेल र नेत्र सहायक अनुपकुमार सिंहको प्राविधिक सहयोगमा चस्मा वितरण गरेको पालिखेले जानकारी दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया