फोटो पत्रकार पूर्णिमा अन्नपूर्ण प्रथमको चुचुरोमा

समाधान संवाददाता २०७८ वैशाख ४ गते १२:४०

समाधान संवाददाता, पोखरा

फोटो पत्रकार पूर्णिमा श्रेष्ठले अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मिटर) को सफल आरोहण गरेकी छन् ।

आरोहरणका लागि निकै अप्ठेरो अन्नपूर्ण प्रथमको श्रेष्ठले शुक्रबार सफल आरोहण गरेकी हुन् ।

Advertisement

सेभेन समीट टे«क्स कम्पनीबाट गएकी श्रेष्ठसहित ६० जनाभन्दा बढीले सफल आरोहण गरेका छन् ।

कम्पनीका प्रमुख मिङमा शेर्पाले शुक्रबार एकैदिन विभिन्न कम्पनीबाट गरेर ६७ जनाले सफल आरोहरण गरेको जानकारी आफूले पाएको बताए ।

Advertisement

शुक्रबार ६ जना नेपाली महिलाले चढेको जानकारी प्राप्त भएको प्रमुख शेर्पाले सुनाए । ‘विदेशीले पहिल्यै चढिसेका हुन् । नेपाली महिला पहिलोपटक हो,’ उनले भने । को पहिला चुचुरोमा पुग्यो भन्ने खुलिसकेको छैन ।

अन्नपूर्ण प्रथम चढ्नेमापूर्णिमासहित गाइड मिङमा टेन्डी शेर्पा, लाक्पा डेन्डी शेर्पा, जेस्मान तामाङ, पेम्बा शेर्पा, उता इब्राहिमी, लु छुङ हान, डिमित्री सिनेभ, एड्रियन लाजा, वाल्डेमार डोमिनिक, एन्टोनिस साइक्रिस लगायत छन् ।

गोरखा आरुघाटकी पूर्णिमाले आरोहण गरेको यो चौँथो हिमाल हो । उनले सगरमाथा, मनास्लु र अमादब्लम हिमाल यसअघि आरोहण गरिसकेकी छन् ।

उनले सन् २०१७ मा मनास्लु, २०१८ मा सगरमाथा, २०१९ मा अमादब्लमको सफल आरोहण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया