नयाँ वर्षको कोसेली रोधी घर

समाधान संवाददाता २०७८ वैशाख ४ गते १४:०९

समाधान संवाददाता, पोखरा

गायिका तथा नायिका तुलसी क्षेत्रीले नयाँ वर्ष २०७८को अवसरमा लोक तथा दोहोरी गीतको म्युजिक भिडियो‘रोधीं घर आइरहने बनायो’ बजारमा ल्याएकी छन् ।

जिसी इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायिका क्षेत्रीलाई गायक प्रदीप त्रिपाठीले साथ दिएका छन् । गीतको रचना तुलसी क्षेत्री र संगीत प्रदीप त्रिपाठीको छ ।

Advertisement

पोखराको न्युरोडको ससुराली रोधी घरमामा छायांकन गरिएको भिडियोमा गायक प्रदीप त्रिपाठी र तुलसी क्षेत्री स्वयंले अभिनय गरेका छन् ।

साथीभाइको संगतले रोधीघर पुगेका प्रदीपलाई त्यहाँकी गायिका तुलसीको सुन्दरताले तान्छ ।

Advertisement

यसै कथावस्तुलाई आधार बनाएर बनाएको गीतमा दोहोरी साँझ गाउने गायिका र पाहुना बीचको रोचक दोहोरी सुन्न पाइन्छ । भिडियोको निर्देशन होम गुरुङ र छायांकन गणेश सापकोटा र सम्पादन सुवास अम्गाईले गरेका छन् ।

गायिका क्षेत्रीले बाला जोवन, ब्ल्याक एन्ड ह्वाइट, चामल चौलानी, झिलीमिली तिहार, नामर्द पोइ, सानु मायालाई, माइतैमा दिल बस्या बरिलैे, लगायतका म्युजिक भिडियोमा स्वर दिएकी छिन् ।

घनश्याम लामिछानेले निर्देशन गरेको अग्निदहनबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी क्षेत्रीले क्या बात छ, वडा अध्यक्ष लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया