गण्डकीमा वाणिज्य कार्यालय छिट्टै

समाधान संवाददाता २०७८ वैशाख ५ गते ९:२५

समाधान संवाददाता, पोखरा

व्यवसायको दर्तादेखि अनुगमनसम्मको काम गर्ने वाणिज्य कार्यालय पोखरामा पनि छिट्टै खुल्ने भएको छ ।

पोखरामा शनिबार भएको एक कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको राजधानी पोखरा र कर्णालीको सुर्खेतमा कार्यालय खोल्ने तयारी भइरहेको जानकारी दिए ।

Advertisement

यस्ताे कार्यालय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गत रहन्छ ।

‘चालु आर्थिक वर्षमै बाँकी दुई प्रदेशमा वाणिज्य कार्यालय खुल्छ । अब कार्यालयका लागि बजेट विनियोजन हुन्छ,’ उनले भने । तत्कालीन ५ विकास क्षेत्र हुँदा वाणिज्य विभागका कार्यालय थिए । संघीयतासँगै ती कार्यालय जहाँ थिए त्यही प्रदेशमा परे । पश्चिमाञ्चल विकास क्षेत्रको कार्यालय प्रदेश ५ को भैरहवामा पर्‍यो ।

Advertisement

गण्डकी प्रदेशमा वाणिज्य कार्यालय खुले कार्यालय दर्ता र अनुगमन अझै प्रभावकारी हुने उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइराला बताउँछन् । ‘अहिले काठमाडौं जानुपर्ने बाध्यता छ । यहाँ कार्यालय खुल्नु निकै सकारात्मक कुरा हो,’ उनले भने । हाल विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा वाणिज्य कार्यालय छन् ।

तपाईको प्रतिक्रिया