पोविवि राजिस्ट्रारमा भण्डारी

रामशरण नेपाली
लेखनाथ, ५ वैशाख
पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. दीपकबहादुर भण्डारी नियुक्त भएका छन् । हालसम्म रिक्त रहेको पदमा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षका लागि भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।
यसअघि समेत करिब ९ महिना रजिस्ट्रार बनिसकेका भण्डारीले १२ वर्षदेखि पोखरा विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए । लमजुङको बेसीसहर, चिती स्थायी घर भएका भण्डारीले बेलायतबाट विद्यावारिधि गरेका हुन् । करिब ५ महिनादेखि काम चलाउ रुपमा रजिस्ट्रार हुँदा बजेट लगायत काम कारबाही गर्न गाह्रो भएको र अब सहज हुने उपकुलपति अर्यालले जानकारी दिए । रजिस्ट्रार नियुक्ति भएसँगै अन्य रिक्त पदहरुमा समेत छिटो नियुक्त गर्नुपर्नेमा प्राध्यापक कर्मचारी तथा विद्यार्थीहरुले जोड दिएका छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया