गण्डकी सरकारले दियो चैते दसैंमा विदा

समाधान संवाददाता २०७८ वैशाख ५ गते १७:१८


पोखरा, ५ वैशाख


गण्डकी प्रदेश सरकारले चैते दसैंको दिन वैशाख ७ गते सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको २०७७ चैत १७ गतेको निर्णय अनुसार उक्त दिन विदाको निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले जनाएका छन् । उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।


गण्डकी सरकारले २०७८ सालमा ५ दिन चाडपर्व विदाको निर्णय गरेको छ । चैते दसैंसँगै इद, पुस १५ गते तमु लोसार, माघ १९ गते सोनाम लोसार र फागुन १९ गते ग्याब्लो लोसारमा पनि विदाको निर्णय भएको छ । इद जुन दिन पर्छ त्यसै दिन विदा हुने जनाइएको छ । प्रदेश सरकारलाई वर्षमा ७ दिन विदा दिने अधिकार हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया