शहरका स्कुलहरु वैशाखभर बन्द गर्ने निर्णय

समाधान संवाददाता २०७८ वैशाख ६ गते १०:३९

समाधान संवाददाता, पाेखरा ।

Advertisement

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषदको आज सोमबार बसेको बैठकले सीसीएमसीको सिफारिस बमोजिम जोखिम नियन्त्रणका लागि यस्तो निर्णय गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्लास्थित डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुने उनले बताए । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

Advertisement

संसद अधिवेशन अन्त्य

सरकारले सर्वोच्चको आदेशअनुसार डाकेको पुनर्स्थापित संसदको चालु अधिवेशन आजै अन्त्य गर्ने तयारी गरेको छ। अधिवेशन अन्त्यका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति कार्यलयको सूचनाअनुसार अधिवेशनको अन्त्य हुनेछ।

अधिवेशनको अन्त्यबारे छलफल र सिफारिस गर्न मन्‍त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सोमबार बिहान बसेको छ। करिब डेढ महिनासम्म चलेको संसद अधिवेशन दलीय झगडामा अल्झियो र बिजनेसबिहिन भएर अन्त्य हुँदैछ। कुनै पनि विधेयक पारित गरेको भएको छैन। माओवादी केन्द्रले सरकारलाई दिएको विश्‍वासको मत फिर्ता लिने निर्णय गर्नका लागि स्थायी समितिको बैठक बोलाएकै दिन अधिवेशन अन्त्य गर्ने निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ। आफूविरुद्ध अविश्‍वास प्रस्ताव ल्याउने विपक्षीको तयारीबाट समेत जोगिने रणनीतिअनुसार सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया