तनावबाट मुक्त हुन पर्यटनकर्मीले गरे ध्यानयोग

समाधान संवाददाता २०७८ वैशाख ६ गते १२:५६

समाधान संवाददाता, पोखरा

कोरोनाको त्रास जारी नै छ । फेरि लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनाको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरा पनि त्यसको असरबाट अछुतो रहेन ।

यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम भएको छ ।

Advertisement

पोखरा पर्यटन परिषद्को आयोजना तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि उक्त योग शिविर आयोजना गरिएको हो ।

बेगनास शिवायल योग रिसोर्टमा शनिबार आयोजित उक्त योग शिविरमा सहभागीले तनावबाट मुक्त ध्यान, योग निद्रा, हठ योग, ध्यान तथा उत्सव गरे । योग प्रशिक्षक स्वामी ध्यानसागर (सुनील श्रेष्ठ)ले कार्यक्रममा सहजीकरण गरेका थिए ।

Advertisement

तीन घण्टाको कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० सहभागीले भाग लिए । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागीहरु यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिए ।

‘कोरोनाका कारण पर्यटन व्यवसायीहरुमा ठूलो असर पर्न गएको छ, यसबाट केही भएपनि सहजता प्राप्तीका लागि यो कार्यक्रमको आयोजना गरिएको हो, यसलाई व्यवसायीहरुले सकारात्क लिएका छन । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए ।

पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङले कार्यक्रको संयोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया