गण्डकीको विशेष अधिवेशन १३ गते

समाधान संवाददाता २०७८ वैशाख ६ गते १७:०१

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका ३ दलका माग अनुसार प्रदेश प्रमुखले गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित ३ दलले २ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अघिल्लो रातै प्रदेश सरकारले चालु प्रदेश अधिवेशन अन्त्य गरेको थियो । अविश्वास प्रस्ताव दर्ता गराएका दलले सोही कारण विशेष अधिवेशन माग्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए ।

प्रदेश प्रमुखले १३ गते दिउँसो १ बजेलाई प्रदेश अधिवेशन डाकेको चिठी सोमबार अपराह्न ४: ५५ बजे प्राप्त भएको गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले समाधानलाई जानकारी दिए ।

Advertisement

माओवादी केन्द्रले २ वैशाखमै सरकारको समर्थन फिर्ता लिएको थियो । अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गर्दा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसद सहभागी छन् । राष्ट्रिय जनमोर्चाका सांसदको भने हस्ताक्षर छैन ।

Advertisement

तपाईको प्रतिक्रिया