१ करोडमा ज्वालामाई गुम्बा पुनर्निर्माण

सुन्दरकुमार थकाली, जोमसोम ।
२०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षतिग्रस्त ज्वालामाई गुम्बाको पुनर्निर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको १ करोड बजेटबाट मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित मुक्तिक्षेत्र ज्वालामाई गुम्बा पुनर्निर्माण हुन लागेको हो ।
मुक्तिनाथ क्षेत्रमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ज्वालामाई गुम्बा पुनर्निर्माणका लागि पुरातत्व विभागले आर्थिक वर्ष २०७६÷०७७ मा बजेट बिनियोजन गरेको थियो । तर, विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमका कारण पुननिर्माणको काम अघि बढ्न सकेको थिएन । क्षतिग्रस्त ज्वालामाई गुम्बा ७ वर्षपछि साविकै ढाँचामा पुनर्निर्माण सुरु गरिएको हो ।
मुक्तिक्षेत्रको ज्वालामाई गुम्बा कोरोना भाइरसको जोखिम बिस्तारै कम हुन थालेपछि काम सुरु गरिएको छ । झन्डै ४५ वर्ष पुरानो ज्वालामाई गुम्बा पुनर्निर्माणको जिम्मा मुक्तिनाथ विकास समिति अन्तर्गत स्थानीय मुक्तिनाथ संरक्षण समितिले लिएको अध्यक्ष वाङ्गेल लामाले जानकारी दिए । उनका अनुसार भूकम्पले क्षतिग्रस्त ज्वालामाई गुम्बाको पुरानो संरचना भत्काउने काम र गुम्बाको डिपिसी जग खन्ने काम भइरहेको छ ।
यस्तै गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिबाट २० लाख र प्रदेश सग्रालयबाट २० लाख गरी थप ४० लाख बजेट प्राप्त भएको स्थानीय मुक्तिनाथ संरक्षण समितिका उपाध्यक्ष झुमी ठकुरीले जानकारी दिए । उपाध्यक्ष ठकुरीका अनुसार ११ फिट उचाइमा बन्ने नयाँ ज्वालामाई गुम्बाको लम्बाई ३० मिटर र चौडाई २५ मिटरको हुनेछ ।
मुक्तिक्षेत्रमा अवस्थित ज्वालामाई गुम्बा पुनर्निर्माणको काम सुरु भएपछि हिउँदयामसँगै तिर्थालुको आमगनले निर्माणको काममा बाधा पुगेको स्थानीय संरक्षण समितिले जनाएको छ । मुक्तिनाथ दर्शन गर्न पुगेका तिर्थालुहरु ज्वालामाईको दर्शन तथा अवलोकन गर्न जाने भएकाले पुनर्निर्माणमा बाधा पुगेको हो ।
समितिका उपाध्यक्ष झमी ठकुरी भन्छन्, ‘पुनर्निर्माणको काम समितिले सुरु गरेको छौं । यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्ने योजनामा छौं । तर, ज्वालामाई हेर्ने तिर्थालुको घुइँचो बढेकाले केही असहज बनेको छ ।’
मुक्तिक्षेत्र गुम्बाको साविकको सबै भौतिक संरचना भत्काइएको छ । तीन वटा ज्वलामाई (दिपप्रज्वलित )स्थान र ज्वालामाई भित्र रहेका बुद्धका मूर्तिहरुलाई जस्ताको पाताले बार लगाएर अस्थायी संरचना निर्माण गरिएको छ । मुक्तिक्षेत्रको ज्वालामाई गुम्बाभित्र २० सै घण्टा तीन ठाउँमा दिपप्रज्वलन भइरहेको देख्न सकिन्छ ।
यस्तै ,भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको १ करोड रुपैयाँ बजेटमार्फत मुक्तिनाथको तल्लो गेटदेखि उपल्लो गेटसम्म रेलिङसहितको सिढी बाटो निर्माणको कामसमेत सुरु भएको छ ।
पुरातत्व विभागले मुक्तिनाथ क्षेत्रको ज्वालामाई गुम्बा पुनर्निर्माणसहित उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक महत्वकोल छोर्तेन पुननिर्माण र थासाङ गाउपालिकाको कोवाङमा पुरानो गुम्बा पुननिर्माणका लागि ४० लाख बजेट बिनियोजन गरेको छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया