कोरोनाबाट पोखरामा थप २ जनाको मृत्यु

समाधान संवाददाता २०७८ वैशाख ८ गते १४:१३

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु भएको छ ।

चरक ममोरियल अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालमा उपचाररत १/१ संक्रमितको बुधबार मृत्यु भएको हो ।

Advertisement

पोखरा २९ की ५४ वर्षीय महिलाको चरकमा र पोखरा ३३ का ८४ वर्षीय पुरुषको सरुवा रोेग अस्पतालमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

५४ वर्षीय संक्रमित महिलामा कोभिडसँगै, श्वासप्रश्वास र थाइरोइडको समस्या थियो । उनमा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

अर्का वृद्धमा कोभिडसँगै निमोनिया, रगतसम्बिन्ध समस्या थ्रोम्बोसाइटोपेनिया र उच्च रक्तचापको समस्या थियो । ती वृद्धमा पनि ५ वैशाखमै कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसहित कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको छ । गण्डकी प्रदेशमा २ सय ११ जनाले ज्यान गुमाएका छन् । प्रदेशमा संक्रमित संख्या १७ हजार ४ सय ६ पुगेको छ भने १६ हजार ४ सय ९२ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया