भाषण कला तालिम सम्पन्न

समाधान संवाददाता, पोखरा।
छापुच्छ«े गापाभित्रका उत्पीडित समुदायको हक र अधिकार सुनिश्चितताका लागि दलित समन्वय समिति आयोजना तथा माछापुच्छ«े गापाको व्यवस्थापनमा जनप्रतिनिधि सहितकोे उत्प्रेरणा मूलक भाषण कलासम्बन्धी ३ दिने तालिम भएको छ ।
तालिममा उत्पीडित समुदायबाट प्रतिनिधि गर्ने ९ वटा वडा का जनप्रतिनिधिसहित ५० जना सहभागी थिए । सञ्चारकर्मी सुशील नेपालीले सहजीकरण गरेको तालिममा उनीहरुको व्यक्तित्व र नेतृत्व तहमा पुग्न सक्ने उद्देश्य राखेर तालिम आयोजना गरिएको थियो । तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक कृष्णकुमारी दवाडीले राज्यले उत्पीडित समुदायको सशक्तीकरणका लागि यस्ता तालिम आवश्यक भएका यो कार्यक्रम उत्पीडित समुदायको पहिचान हुुन मद्दत पुग्ने बताइन् ।
विशेष अतिथि माछापुच्छ«े गापा वडा नम्बर २ का वडा अध्यक्ष विक्रम गुरुङले यस्ता तालिमले व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । अर्का अतिथि माछापुच्छ«े गापा वडा नम्बर १ का वडा अध्यक्ष वीरेन्द्र गुरुङले यस्तो तालिमले समाज परिवर्तनमा मुख्य भूमिका खेल्ने कुरा बताए । प्रशिक्षार्थीको तर्फबाट जनप्रतिनिधि लक्ष्मी परियार तथा समाजसेवी भीम धौलाकोटीले आ–आप्mनो मन्तव्य राखेका थिए । माछापुच्छ«े गापा दलित समन्वय समितिका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पदम नेपाल हिताङले गरेका थिए ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया