हरिनास गाउँको म्युजिक भिडिओ

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:२५

समाधान संवाददाता, पाेखरा ।

राष्ट्रिय संगीतकर्मी संघ कास्कीको आयोजनामा नव वर्ष २०७८ सालको क्यालेन्डर एवम् म्युजिक भिडियो विमोचन, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा क्यालेण्डर तथा म्युजिक भिडियो सार्वजनिक गर्दै प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय महासचिव विक्रमजंग शाहले संगीतकर्मीहरु राष्ट्रको गहना मात्र नभई अंगनै भएको बताउँदै राज्यले संगीतकर्मीहरुलाई भीड जम्मा गरिदिने माध्यमको रुपमा मात्र प्रयोग नगरि उनीहरुको हकहित र संरक्षणमा ध्यान दिनुपर्ने धारणा राखे ।

Advertisement

उक्त अवसरमा संस्थाका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संस्थाका सल्लाहकार संयोजक राजेश श्रेष्ठ, आजीवन सदस्य एवं सल्लाहकार फर्सबहादुर भाटक्षेत्री र सल्लाहकार नारायण सिग्देल तथा नृत्यतर्फ फुलमून डान्स स्टूडियो एन्ड म्युजिकल हाउस छन् ।

त्यसै गरी सार्वजनिक गरिएको लोकगीत म्युजिक भिडियो ‘घुम्न जाम हरिनास’ अन्तर्गत राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका सल्लाहकार शिवराजा भुर्तेल, सुरेश भुर्तेल, दिनेश मरासिनी, राजु गुरुङ, विनीता पौडेल सुवेदी, स्मृति सिग्देल, राजन भुजेल, जीवन सिग्देल, कल्पना सिग्देल र राजन सुवेदी हिटलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

स्याङ्जा हरिनास गाँउपालिकाका प्रमुख खिमनारायण मानन्धरले हरिनासको भौगोलिक सुन्दरताको वर्णन गरिएको गीत सार्वजनिक भएकोमा खुशी ब्यक्त गर्दै संगीतकर्मीहरुको लागि आफ्नो तर्फबाट हरकिसिमको सहयोग र साथ सदैव रहने प्रतीवद्धता समेत ब्यक्त गरे ।

सार्वजनिक गरिएको गीत शिव हमालको युटुब च्यानल बाट हेर्न सकिन्छ । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद गौतम, संस्थाका सल्लाहकारहरु नारायण सिग्देल, छवि सुवेदी, सूचनाको हकका लागि राष्ट्रिय सन्जाल पोखरा महानगर सह–संयोजक कुलमाया क्षेत्री, मानव सेवा आश्रम कास्कीका सडक उद्धार समिति संयोजक मेघमान श्रेष्ठ, स्याङ्जा जिल्ला उपाध्यक्ष सलिना अधिकारी लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सागर कार्कीले र सञ्चालन सह–सचिव ईश्वरराज भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया