गण्डकी अस्पताल गेटमा युआरएलको शाखा

समाधान संवाददाता, पोखरा ।
गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो ।
पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो । युआरएलका अध्यक्ष
ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्द्रीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् दक्ष र अनुभवी कर्मचारीले गुणस्तरीय सेवा दिने उनले बताए ।
पन्तले भने, ‘गण्डकी अस्पतालमा सेवा लिन आउने बिरामीले सास्ती पाएको देखियो । त्यहाँ नहुने जाँच, बाहिर पठाउनुपर्ने जाँच र अन्य सबै जसो रगत जाँच युआरएलमा हुन्छ ।’ गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने उनले बताए ।
शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले जानकारी दिए । होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका परीक्षणमा पनि वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको उनले बताए । युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालनमा गरिसकेको छ ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया