मुस्ताङमा पर्यटकलाई ‘माक्स’ अनिवार्य

समाधान संवाददाता २०७८ वैशाख ८ गते १६:५६

सुन्दरकुमार थकाली, जोमसोम ।

हिमाली जिल्ला मुस्ताङ कोरोनामुक्त छ । मुस्ताङलाई कोरोनामुक्त कायम राख्न जिल्ला भित्रिने पर्यटकलाई ट्राफिक प्रहरीले मास्कअनिवार्य गराइएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको निर्देशनमा जिल्ला ट्राफिक कार्यालयले सवारी साधन मार्फत जोमसोम आइपुगेका प्रत्येक पर्यटकलाई मास्क अनिवार्य गराएको छ ।

जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा यात्रा गर्ने पर्यटकले मास्क प्रयोग गरे वा नगरेको सोको नियमित अनुगमन गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज विष्णुबहादुर नेपालीले जानकारी दिए ।

Advertisement

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेकाले मुस्ताङलाई पनि यसले प्रभावित तुल्याउन सक्ने भन्दै कोरोना मुक्त मुस्ताङमा ‘मास्क लगाउ’ अभियान सुरु गरिएको हो ।

जोमसोम आइपुगेका पर्यटकले यदी माक्सको प्रयोग नगरी यात्रा गरेको पाइएमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीले नमस्कारसहित यात्रुलाई माक्सको प्रयोग गर्न अनुरोध गर्ने गरेको ट्राफिक इन्चार्ज नेपालीले बताए । उनले सवारी यात्राको क्रममा रहेका यात्रुसँग मास्क उपलब्ध नभएमा नजिकैको पसलमा खरिद गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ ।

Advertisement

हिउँदयामको अन्त्यसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहल÷पहल बढेको छ । वसन्त ऋतुको आगमन तथा अनुकुल मौसमका कारण दिनहु सयौंको संख्यामा आन्तरिक पर्यटक मुस्ताङ आउने गरेको पाइएको हो ।

आशिंक भारतीय तथा फरेनर पर्यटक मुस्ताङ भित्रिने गरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना (एक्याप) चेकपोस्टले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको जोखिम बढिरहेको भएपनि मुस्ताङमा भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको पाइएको छैन ।

मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शन तथा स्नान गर्न आउने तीर्थालुलाई कोरोना संक्रमण रोकथाम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नका लागि कुनै नियम लागु गर्न नसकेको स्थानीयको गुनासो छ ।

मुस्ताङको होटल तथा रेस्टुरेन्ट व्यवसायीले समेत कोरोना रोकथामका लागि कुनै सावधानी अपनाएको पाइदैन । छिमेकी देश भारत र तराईका जिल्लामा कोरोना संक्रमण तित्र्र गतीमा बढेको बेला मुस्ताङमा कोरोनाको जोखिम बढेको हो ।

तपाईको प्रतिक्रिया