३४ युनिट रगत संकलन

समाधान संवाददाता २०७८ वैशाख ८ गते १७:००

समाधान संवाददाता, पोखरा ।

३२ औं स्थापना दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन कास्कीले मंगलबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

संगठनले २२ औं पटक गरेको कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । नेकपा एमाले कास्कीका सचिव दामोदर बैरागीले पहिलो रक्तदाता संगठनका केन्द्रीय परिषद् सदस्य दुर्गा घोरासैनीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे ।

Advertisement

पार्टीका सचिव बैरागीले संगठनले आम निजामति कर्मचारीको हकहितको अलवा संस्थागत रुपमा सामाजिक काम गरेको बताए । निजामति सेवालाई जनमुखी पारदर्शी र जवाफदेही बनाउनु पर्ने उल्लेख गर्दै उनले निजामति सेवालाई मर्यादित र आकर्षक बनाउन पर्ने सुझाव दिए ।

कार्यक्रममा पेशागत महासंघ नेपालका सचिवालय सदस्य रामप्रसाद खनाल, अध्यक्ष अशोक खनाल, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्यहरु लिलाबहादुर घर्ती र लालप्रसाद पोखरेल, निजामति कर्मचारीको आदिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य खिमलाल अधिकारी, आदिकारिक टे«ड युनियन कास्कीका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य भरतप्रसाद भुषाल, संगठन कास्कीका सचिव रामचन्द्र पहारीले जानकारी दिए लगायतले स्थापना दिवसको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया