श्री समग्र सहकारीको कार्यालय उद्घाटन
समाधान संवाददाता
२०७८ वैशाख ८ गते १७:०७

पोखरा, ८ वैशाख (समाधान)–
श्री समग्र महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गरिएको छ । पोखरा महानगरपालिका १४ भोटेचौतारामा संस्थाको कार्यालय उद्घाटन गरिएको हो ।
श्री समग्र सहकारी विभिन्न ६ वटा महिला विकास समितिलाई गाभेर बनाइएको थियो । सहकारीमा ५६० शेयर सदस्य रहेको संस्थाका सचिव तनुजा थापाले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संस्था कास्कीकी अध्यक्ष सावित्री कोइराला, पोखरा १४ का वडाध्यक्ष प्रेम कार्की, वडा सदस्य यशोदा भट्टराई, समाजसेवी बोधराज कार्की अधिवक्ता बोधराज बराल, ललित बानियाँ, बलबहादुर सेञ्चुरी, दिवस कुँवरलगायतले बोलेका थिए ।
कार्यक्रममा सरस्वती कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने सभाको अध्यक्षता सविना अधिकारी क्षेत्रीले गरेकी थिइन् ।
सम्बन्धित







पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया