पावर लिफ्टिङका खेलाडी सम्मानित

समाधान संवाददाता २०७८ वैशाख ८ गते १७:२२

समाधान संवाददाता, पोखरा

रानीपौवा स्पोर्टस सेन्टरले नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका विजेता खेलाडीहरुलाई सम्मान गरेको छ । पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, शर्मिला शाहलाई सम्मान पत्र र खादासहित बुधबार सम्मान गरेको हो ।

रानीपौवा स्पोर्टस सेन्टरले विगत केही वर्षदेखि शारीरिक सुगठन र पावर लिफ्टिङका खेलाडी उत्पादन गरी प्रतियोगितामा पठाइरहेको छ ।

Advertisement

‘कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकुद गतिविधि ठप्प भएको अवस्थामा खेलाडीले मेडल ल्याउँदा निकै खुसी लागेको छ,’ स्पोर्टस सेन्टरका सञ्चालक जितेश प्रधानले भने ।

गत साता काठमाडौंमा आयोजित रूप कार्की मेमोरियल प्रथम नेपाल स्ट्रोंगेस्ट नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपमा पोखराका टेकेन्द्र गुरूङ र राजकुमार ध्वजुले स्वर्ण जितेका थिए ।

Advertisement

देशभरबाट विभिन्न तौल समूहमा गरेर १ सय २० जना खेलाडी प्रतियोगितामा सहभागी थिए ।

च्याम्पियनसिपमा गुरूङले ४० वर्षमाथि र घोजुले ५० वर्षमाथिको स्पर्धामा स्वर्ण जितेका थिए ।

टेकेन्द्रले स्क्वाइटमा २ सय ५ केजी, बेन्च प्रेसमा १ सय ४० केजी र डेटलिफ्टमा २ सय १५ केजी गरी ५ सय ६० केजी वजन उचालेका थिए ।

राजकुमारले स्क्वाइटमा १ सय ८७ केजी, बेन्च प्रेसमा १ सय १० केजी र डेटलिफ्टमा १ सय ९० केजी गरी ४ सय ८७ केजी वजन उचालेका थिए ।

तपाईको प्रतिक्रिया