कोरोना बढ्यो, अत्यन्त काम नपरी घरबाहिर ननिस्कनूः सरकार

काठमाडौँ
कोभिड–१९ संक्रमण अत्याधिक बढिरहेकोले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् ।
‘हाम्रा संचनाले धान्नै नसक्ने गरी बिरामीहरूको संख्या बढ्ने संकेत प्राप्त भएको छ,’ उनले भने, ‘यसकारण अत्यन्त काम नपरी घरबाहिर नस्किन अनुरोध छ । सभा, सम्मेलन र जात्रा नगर्नुहुन अनुरोध गर्न चाहन्छु ।’
आज मात्रै एकै दिन दुई हजार बढी कोरोना संक्रमित भेटिएका छन्। २४ घण्टामा २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये १ हजार ५१ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया