२४२८ जनामा कोरोना संक्रमण

समाधान संवाददाता २०७८ वैशाख ९ गते १७:१६

समाधान संवाददाता

नेपालमा थप २ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७ जनाको एन्टिजेन परीक्षणमा २४२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ९२ हजार १५२ पुगेको छ।

२४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या २ लाख ७६ हजार ३४५ पुगेको छ।

Advertisement

तपाईको प्रतिक्रिया