पोखराका संक्रमितको चितवनमा मृत्यु

समाधान संवाददाता २०७८ वैशाख ९ गते १७:२४

रासस, चितवन

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् ।

मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया