चापाकोट नगरपालिकाको सेवा बन्द

समाधान संवाददाता २०७८ वैशाख ९ गते १७:३४

रासस, स्याङ्जा

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए ।

Advertisement

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए ।

कोरोना सङ्क्रमण समुदायस्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले बताए ।

Advertisement

यस अवधिमा शैक्षिक संस्थाका पूर्वनिर्धारित परीक्षा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा स्वास्थ्यका मापदण्ड पूरा गर्दै सञ्चालन गरिने सूचना अधिकारी कोइरालाले बताए ।

तपाईको प्रतिक्रिया