फेवा किनारको पर्खाल भोलि भत्काइने
समाधान संवाददाता
२०७८ वैशाख ९ गते १८:५०

समाधान संवाददाता, पोखरा
फेवाताल किनारमा बनाइएको पर्खाल डोजर लगाएर भत्काइने भएको छ । पोखरा १८ खपौंदीस्थित फेवाताल किनारमा लगाइएको पर्खाल शुक्रबार ११ बजे भत्काइने भएको हो ।
अटेरी व्यवसायी, मूकदर्शक पाेखरा महानगर
नागरिक समाजसँगको भेटमा बुधबार मेयर मानबहादुर जिसीले प्रशासनसँग सहकार्य गरेर पर्खाल भत्काउन विपद व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख वरिष्ठ कानुन अधिकृत नारायण शर्मालाई निर्देशन दिएका थिए ।
पटकपटक ध्यानाकर्षण गराउँदा पनि अटेर गरेकाले पर्खाल भत्काउन लागिएको प्रमुख शर्माले समाधानलाई बताए ।
मेयरको निर्देशन – फेवा किनारको पर्खाल भत्काइदिनू
सम्बन्धित
तपाईको प्रतिक्रिया