एलजीको एन्टिभाइरस एसी

समाधान संवाददाता २०७८ वैशाख ९ गते १९:१३

काठमाडौं, ९ वैशाख

एलजीको आधिकारिक विक्रेता सिजी इम्पेक्स प्रालिले एन्टी भाइरस फिल्टर भएको एलजीको एसी बजारमा ल्याएको छ ।

एन्टी भाइरस फिल्टरले भित्रि वातावरणको किटाणुलाई नष्ट गर्ने र ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ ।

Advertisement

एसीमा फोर इन्नवान कन्र्भटेबल मोड रहेको र यसले ४० प्रतिशत हुँदै पूर्ण सम्भावनामा चलाउने कम्पनीले जनाएको छ ।यसले विद्युत कम खपत गर्ने पनि कम्पनीले जनाएको छ ।

एसीमा डुवेल इन्भटर कम्प्रेसर छ, जसले गर्दा रोटरको गतिलाई नियन्त्रण गर्ने, उच्चगति र कम गतिमा स्थिर भएर काम गर्ने कम्पनीले जनाएको छ । यसले ७० प्रतिशतसम्म बिजुली कम खपत गर्ने पनि जनाइएको छ ।

Advertisement

नयाँवर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार बराबरको निशुल्क एसीजडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया