राष्ट्रिय सभाको उपनिर्वाचन ६ जेठमा

समाधान संवाददाता २०७८ वैशाख ९ गते १९:१९

समाधान संवाददाता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पद खारेज भएसँगै रिक्त भएको पदमा आगामी जेठ ६ गते उपनिर्वाचन हुने भएको छ ।

सरकारको वैशाख ६ गतेको निर्णय अनुसार निर्वाचन आयोगले जेठ ६ गतेका लागि निर्वाचन तोकेको हो ।

Advertisement

बादल एमालेमा प्रवेश गरेपछि नेकपा माओवादीको सिफारिसमा उनको सांसद पद खारेज भएको थियो ।

उपचुनाव घोषणा गरेको आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ ।

Advertisement

बिहीबार नै उपनिर्वाचन तयारीसम्बन्धी थालेको आयोगले भनेको छ, ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन आयोग सबै सरोकारवालाहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

तपाईको प्रतिक्रिया