ग्लोबल आइएमई र स्पर्सको एकीकृत कारोबार

समाधान संवाददाता, पोखरा
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात् एकीकृत कारोबार सुरु भएको छ ।
आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बुधबारदेखि केन्द्रीय कार्यालय पोखरा २६ मा रहने गरी एकीकृत कारोबार सुरु भएको हो ।
ग्लोबल लमजुङ केन्द्रीय कार्यालय भएको संस्था हो भने स्पर्शको पोखरामा केन्द्रीय कार्यालय थियो ।
एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार रुपैयाँ पुगेको छ ।
कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार भएको छ । निक्षेप÷बचत २ अर्ब ३ करोड ६९ लाख पुगेको छ ।
देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयमार्फत संस्थाले वित्तीय सेवा प्रदान गरेको छ । वित्तीय संस्थाको ग्राहक सदस्य १ लाख २३ हजार ४१३ जना छन् ।
६३ हजार २९० जना ऋणी सदस्यले विभिन्न शीर्षक अन्तर्गत कर्जा सुविधा उपभोग गरिरहेको संस्थाले जनाएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष बुद्धि अकेलाको अध्यक्षता र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सञ्चालन वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले गरेका थिए ।
उपस्थित सम्पूर्ण महानुभावहरुलाई संयुक्त प्राप्ति समितिका संयोजक एवं वित्तीय संस्थाका सञ्चालक रुपेन्द्र वाग्लेले स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि रत्नराज बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए ।
यस कार्यले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने बताए ।
तपाईको प्रतिक्रिया