तिब्बतिएन व्यापारिक एसोसियसनमा रेशमबाबु

समाधान संवाददाता २०७८ वैशाख १० गते ७:४८

समाधान संवाददाता, पोखरा

तिब्बतीयन शरणार्थी क्याम्प व्यापारिक एसोसिएसन पोखरा ८ पृथ्वीचोकको १३ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन भएको छ ।

अधिवेशनबाट अध्यक्ष रेशमबाबु श्रेष्ठ, उपाध्यक्ष हेमराज बराल, सचिव कमला श्रेष्ठ, कोषाध्यक्ष राधा श्रेष्ठ र सहसचिव खगेश्वर पन्थ चयन भएका छन् । कार्यसमितिको सदस्यमा नविना श्रेष्ठ, संगीता बाटाजू, मीनबहादुर बस्नेत र राजेन्द्र पौडेल छन् ।

Advertisement

एशोसियसनको सल्लाहकारमा वसन्त थकाली, कृष्णप्रसाद सुवेदी, सुरेन्द्र श्रेष्ठ, खडानन्द पौडेल, मिमलाल श्रेष्ठ छन् । पोखरा महानगरपालिका वडा नम्बर ८का अध्यक्ष रुद्रनाथ बरालले उद्योगी व्यवसायीले संस्थागत सामाजिक उत्तरदायित्वको काम गर्नु पर्ने बताए ।

उनले नागरिकले अधिकारमात्र खोज्नुभन्दा कर्तव्य र दायित्व पनि पुरा गर्नु पर्ने उल्लेख गरे । कार्यक्रममा एसोसिएसनका अध्यक्ष रुद्रनाथ पौडेल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक रेशमबाबु श्रेष्ठ, संस्थापक सचिव रामचन्द्र पौडेल, सचिव हेमराज बराल लगायतले बोलेका थिए ।

Advertisement

सभाले सचिव हेमराज बरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खगेश्वर पन्थले पेश गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

तपाईको प्रतिक्रिया