सन्दीपको नयाँ कीर्तिमान

समाधान संवाददाता, काठमाडौं
लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
त्रिदेशीय टी–२० सिरिजअन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । उनले हालसम्म १३६ खेल खेल्दै १३६ विकेट लिएका छन् ।
हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिइसकेका छन् ।
नेदरल्याण्ड्ससँंग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा आजको खेलमा तीन विकेट लिएका हुन् ।
लामिछानेले नेपालका लागि टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन् । उनले २५ टी–२० खेलमा ४५ विकेट लिए छन्।
यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । उनले ३२ खेलमा ४१ विकेट लिएका छन् ।
टी–२० मा लामिछानेले ७५ वटा टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका छन् ।
टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका हुन् ।
सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तरराष्ट्रिय खेलमा उनले डेब्यु गरेका हुन् । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया