कस्तो रहन्छ आजको मौसम ?

समाधान संवाददाता २०७८ वैशाख १० गते ९:२१

काठमाडौँ

देशको अधिकांश स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

शुक्रबार राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया