गण्डकीमा थपिए ८६ संक्रमित
समाधान संवाददाता
२०७८ वैशाख १० गते १६:१९

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा शुक्रबार ८६ जना संक्रमित थपिएका छन् ।
३६१ जनाको परीक्षण गर्दा ८६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।
थपिनेमा कास्कीका ६४ जना छन् । तनहुँमा ६, गोरखामा ५, स्याङ्जामा ४, बागलुङमा ३ संक्रमित थपिँदा पर्वत र म्याग्दीमा २÷२ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । तीमध्ये १६ हजार ५ सय ९० जना निको भएका छन् भने २११ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया