थपिए २५ सय बढी संक्रमित

समाधान संवाददाता २०७८ वैशाख १० गते १७:१५

समाधान संवाददाता

आज देशभर दुई हजार ५५९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ६६४ जनाको पिसिआर परीक्षणमा २ हजार ५५९ जनालाई संक्रमण पुष्टि भएको छ।

Advertisement

योसँगै नेपालमा संक्रमित हुनेको सख्या दुई लाख ९४ हजार६०१ पुगेको छ।

आज देशभर ४१० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म २ लाख ७६ हजार ५७५संक्रमित निको भइसकेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया