युटर्नको नयाँ बिक्री केन्द्र बिरौटामा

समाधान संवाददाता, पोखरा
युटर्न इन्टरनेसल प्रालिको नयाँ बिक्री केन्द्र पोखरा बिरौटामा सञ्चालनमा आएको छ । कम्पनीले मौरीजन्य पर्दाथहरु रोयलजेली, प्रपोलिस, विपोलेन, विब्रेड, बी भेनम क्रिम, गुर्जोको जुस, त्रिफला (हर्रोबर्रो अमल) जुस, अमला जुस, भुइँ स्याउको जुस आदि उत्पादन गर्दै आएको छ ।
कार्यक्रममा कम्पनीको उत्पादन र कम्पनीको मार्केटिङ प्लानको विषयममा युर्टन इन्टरनेसलका मार्केटिङ डाइरेक्टर अर्जुन गिरीले बताए । कम्पनी प्लानिङको बारेमा बताउँदै उनले कम्पनीले लिएको लक्ष्य आगामी दिनमा छिट्टै पूरा हुने बताए ।
कम्पनीले उत्पादन गरेका प्रोडक्टबारेमा युर्टन कोर टिम संयोजक हरिशचन्द्र पौडेलले बोलेका थिए । साथै कार्यक्रममा स्वागत मनत्वय कम्पनीका लिडर प्रताप पौडेल, पर्वत पाखापानी समाजका अध्यक्ष लालबहादुर रेग्मी र कोर टिमका सदस्य दानबहादुर क्षेत्री लगायतले बोलेका थिए ।
उक्त कार्यक्रम बिरौटा बिक्री केन्द्र प्रमुख सुरेन्दबहादुर रेग्मीको अध्यक्षतामा भएको थियो ।कम्पनीले प्रत्यक्ष बिक्री प्रणालीअनुसार कम्पनीबाट उत्पादित वस्तुहरुको बिक्री गर्दै आइरहेको छ ।
नेपालको प्रचलित कानुन अनुसार वस्तुको प्रत्यक्ष बिक्री ऐन २०७४, प्रत्यक्ष बिक्री नियमावली २०७६ र अन्य नेपालको प्रचलित कानुनको नियमअनुसार २०७७ असारवाट यस कम्पनीले इजाजतपत्र प्रदान गरेको हो ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया