नेपालगञ्जमा काेराेना कहरः एकै दिन ४ जनाकाे मृत्यु
समाधान संवाददाता
२०७८ वैशाख ११ गते ७:०५

समाधान संवाददाता, पाेखरा ।
पश्चिम नेपालकाे ठुलाे शहर नेपालगञ्जमा काेराेना कहर डरलाग्दाे गरी बिस्तार भएकाे छ । भारतीय सिमा नजिकै रहेकाे याे शहरमा काेराेनाबाट ज्यान गुमाउनेकाे सख्या बढ्दै गएकाे छ ।
समाचार श्राेतहरुका अनुसार गएराती मात्र बाँके जिल्लाकाे सदरमुकाममा ४ जनाकाे ज्यान काेराेना भाइरसले लिएकाे छ । मूत्यु हुने ४ मध्ये २ महिला र २ पुरुष छन् । यी मध्ये ३ जना बृद्द हुन् भने १ जना ३५ वर्षे युवक हुन् ।
यसैगरी काेराेनाले लुम्बिनी प्रदेशकाे राजधानी बुटबलमा पनि एक युवाकाे ज्यान लिएकाे हाे । बुटबल धागाे कारखाना स्थित काेभिड अस्पतालमा उपचारार्थ भर्ना भएका ३६ बर्षे युवाकाे पनि ज्यान गएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया