रियल मड्रिडलाई धक्का

समाधान संवाददाता २०७८ वैशाख १२ गते ७:३७

एजेन्सी

उपाधि होडमा रहेको रियल मड्रिडको सम्भावना कमजोर बनेको छ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकियो ।

घरेलु मैदानमै रियल मड्रिड गोल बिहीन बनेको हो । बराबरीपछि दोस्रो स्थानको रियल मड्रिडको ३३ खेलबाट ७१ अंक भएको छ ।

Advertisement

एक खेल कम खेलेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७३ तथा दुई खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका अरु खेलमा एल्चीले लेभान्टेलाई १–० ले पराजित गर्दा रियल भालाडोलिड र काडिज तथा भ्यालेन्सिया र एलाभेसले समान १–१ को बराबरी खेलेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया