फेदिखोला समाजको शुभकामना

समाधान संवाददाता २०७८ वैशाख १२ गते ८:३५

समाधान संवाददाता, पोखरा

बृहत फेदीखोला पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा नयाँ बर्ष २०७८ को भित्तेपात्रो लोकार्पण शनिबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समाजसेवी घनश्याम शर्मा लामिछानेले समाजका गतिविधिलाई सक्दो सहयोग गर्ने बताए ।

Advertisement

क्यालेन्डर प्रकाशन उपसमितिका सदस्य तथा गीतकार लाल कार्की अन्जानले समाजको आवश्यकता र क्यालेन्डर प्रकाशनको उद्देश्यबारे प्रकाश पारेका थिए ।

त्यस अवसरमा आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र तथा भित्तेपात्रो प्रकाशनमा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

Advertisement

स्याङ्जा जिल्लाको तत्कालिन ४ गाउँविकास समितिहरु फेदीखोला, भाटखोला, बाँगे, आरुखर्कमा स्थायी घर तथा जन्म भई पोखरालाई कर्मथलो बनाईबसेकाहरु बीच सहयोग आदानप्रदान गर्ने उद्देश्यले समाज गठन गरिएको संस्थाका अध्यक्ष अभिलास गुरुङले बताए ।

समाजका अध्यक्ष अभिलास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णबहादुर क्षेत्रीले र सचिव जगदीश लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया