बेगनास ताल सफाइको ९९ औं शृंखला

समाधान संवाददाता, पोखरा
पोखरा ३१ मा सक्रिय बेगनास युवा क्लबद्वारा सञ्चालित बृहत बेगनास ताल सरसफाइ अभियान अन्तर्गत शनिबार ९९ औं शृंखला सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष रामबहादुर रानाभाटको नेतृत्वमा निरन्तर ९८ आंै हप्ता सफलतापूर्वक सम्पन्न गरेको अभियानले शनिबार ९९ औ हप्ता सम्पन्न गरेको हो ।
पोखराको लेकसाइडपछिको दोस्रो गन्तव्य रहेको बेगनासताललाई सफा, व्यवस्थित र सुन्दर राख्न २०७४ माघ २० गतेदेखि सुरु भएको अभियान आगामी वैशाख १८ गते समापन गरिने छ।
अभियानको समापनसँगै क्लबको ३० औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन समेत गरिने अध्यक्ष रानाभाटले जानकारी दिएका छन् ।
सफाई अभियन्ता तथा क्लवका अध्यक्ष रानाभाट भन्छन्, ‘सफाइ अभियान सञ्चालन भएदेखि नै विस्तारै जनचेतना अभिवृद्धि हुँदै गएको र अबका दिनमा स्थानीय तहले मुख्य भूमिका खेल्दै थप जनचेतनाका कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।
पोखरा ३१ वेगनासलाई कार्यक्षेत्र बनाएको क्लबले बेगनासताल क्षेत्र मात्र होइन पोखराको फेवा तालमा जलकुम्भी सफाइ अभियान, फेवा किनार तथा फिर्केखोला सफाइ अभियान लगायत ठाउँहरुमा अभियान सम्पन्न गरिसकेको छ ।
सफाइ अभियानको अलावा युवालाई लक्ष्य गर्दै दुई संस्करणको वेगनास कप समेत सम्पन्न गरेको हो ।
आगामी शनिबार क्लवको १५ औं अधिवेशन हुने र उक्त अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने क्लबका कोषाध्यक्ष रामकृष्ण लामिछानेले बताएका छन् ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया