जापानी भाषा वक्तृत्वकलामा हरिमाया प्रथम

समाधान संवाददाता, पोखरा
भाषा संघ नेपाल (लान)को आयोजनामा पोखरामा पहिलोपटक भएको जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२१ बिहीबार सम्पन्न भएको छ ।
जापानी राजदूतावास काठमाडौं र जापान फाउन्डेसन जापानको सहयोगमा पोखराको बिरौटास्थित होलट ग्रान्डमा भएको प्रतियोगितामा पोखराका विभिन्न जापानी भाषा स्कुलमा अध्ययनरत २० जना प्रतिस्पर्धीले भाग लिएका थिए ।
प्रतियोगितामा ओहायो एजुकेसनलकी हरिमाया गुरूङ प्रथम भएकी छन् । योकोहामा जापानिज्का लक्ष्मण पुरी द्वितीय भए । प्रतियोगितामा नमस्ते एजुुकेसनकी लक्ष्मी गुरूङले तृतीय भएकी छन् ।
विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे ।
उक्त वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भाषा संघ नेपालको क्यालेन्डर विमोचन गर्दै बाहिरी भाषामा बढी गहन हुँदा हामीले हाम्रो मातृभाषालाई छोड्न नहुने बताए ।
‘जसरी हामीले बाहिरी भाषालाई महत्व दिन्छौं, त्यसैगरी केही भाग हामिले हाम्रो मातृभाषालाई दिनु आवश्यक छ,’ उनले भने ।
महानगर प्रमुख जिसीले प्रारम्भिक भाषा र सिप विदेशिने विद्यार्थीको हतियार रहेको हुँदा त्यहाँ पुगेपछि सिप, क्षमता, अनुभवलाई स्वदेश ल्याउने उद्देश्य राख्नुपर्नेसमेत बताए ।
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा सरोज कोइरालाले नेपालका प्राय विकासका पूर्वाधारहरूमा सहयोग पु¥याउने राष्ट्रको रूपमा जापान सरकार रहेको बताए ।
भाषा संघ नेपालका निर्वतमान अध्यक्ष युवराज खनालले कास्की जिल्लामा नेपाल शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको मापदण्ड पूरा गरेर खुलेका ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण संघसंस्था आवद्ध रहेको जानकारी दिए ।
कार्यक्रम संयोजक एवं सल्लाहकार विक्रम उदासले पोखरामा पहिलोपटक आयोजित जापानी भाषा वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीको भाषा सिकाइलाई निरन्तरता दिई विश्वासपात्र बनाउनेमा संस्था विश्वस्त रहेको सुनाए ।
कार्यक्रममा विभिन्न भाषा संघमा आवद्ध प्रतिनिधि, भाषा संघ नेपालमा आवद्ध संघसंस्थाका प्रतिनिधि, विद्यार्थी एवं अभिभावकहरूको उपस्थिति थियो ।भाषा संघ नेपाल (लान)का अध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका महासचिव मोतीप्रसाद श्रेष्ठले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया