३२ वर्षमा हुन नसक्ने काम महानगरले गर्योः मेयर जिसी

समाधान संवाददाता २०७८ वैशाख १२ गते ८:५७

माझठाना सम्पर्क समाजको अध्यक्षमा दयाराम, ७ जनालाई सम्मान

समाधान संवाददाता, पोखरा

आफ्नो पाँचौं साधारण सभा एवं तेस्रो अधिवेशनको अवसरमा माझठाना पोखरा सम्पर्क समाजले ७ जनालाई सम्मान गरेको छ ।

Advertisement

पोखरा—२८ माझठानामा जन्म भई हाल विभिन्न सामाजिक तथा पेसागत क्षेत्रमा रहेर समाजका लागि योगदान पु¥याएकामा प्राध्यापक प्राडा. मानबहादुर केसी, डा.निर्मल लामिछाने, पत्रकारद्वय हरि बास्तोला र केशवशरण लामिछाने, खिमबहादुर गुरुङ, सूर्यप्रकाश तिवारी र डा.गणेश सुनार शनिबार सम्मानित भएका हुन् ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले सम्मानित व्यक्तिहरुलाई खादा र सम्मानपत्रले सम्मान गर्दै व्यक्तिको सिप र क्षमताको पहिचान गरी समाज विकासमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

Advertisement

उनले विजयपुरबाट कालिका, माझठाना हुँदै बेगनाससम्म पुग्ने सडक ६ मिटर फराकिलो बनिरहेको जानकारी गराए ।

‘३२ करोडमा काम भइरहेको छ, गाउँपालिका भएको भए त्यति काम ३२ वर्षमा पनि हुनसक्थेन, महानगरपालिका भएकैले सम्भव भयो,’ मेयर जिसीले भने ।

उनले थाक खानेपानी आयोजना उपभोक्ताबाट सञ्चालन सम्भव नभएको विचार पनि व्यक्त गरे । साना सहरी खानेपानी आयोजनाबाट उक्त योजना सञ्चालन गरिनुपर्ने मेयर जिसीको सुझाव थियो ।

‘पैसा तिरेर पानी खान्छु पनि भन्न सक्नुप¥यो,’ उनले भने, ‘पैसा लेऊ पेटभरि पानी देऊ भन्ने त होला नि ।’

थाक खानेपानी आयोजना अहिलेलाई मर्मत गर्न नै ५० लाख रुपैयाँ चाहिने देखिएको मेयर जिसीले सुनाए । उनले एकपटक मर्मत गरेपछि फेरि गर्नुपर्दा समस्या हुने भन्दै साना सहरी योजना अन्तर्गत जान सुझाएका हुन् ।

कार्यक्रममा मेयर जिसीले समाजद्वारा प्रकाशित नववर्ष २०७८ को भित्तेपात्रोको लोकार्पण समेत गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २८ का वडाध्यक्ष निर्मल दियाली र १२ वडाध्यक्ष रामबहादुर कार्कीले दिगो विकास लक्ष्य प्राप्तिका लागि सवैको साथ र सहयोगको आवश्यकता औंल्याए ।

समाजका अध्यक्ष दुर्गादत्त भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका भोलानाथ त्रिपाठी, नेपाली कांग्रेसका विकास गुरुङ, माओवादी केन्द्रका यज्ञप्रसाद तिवारी, संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने, समाजका उपाध्यक्ष दयाराम तिवारी र सचिव भोलानाथ ओझा लगायतले समाजको महत्व र आवश्यकता माथि चर्चा गरेका थिए ।

समाजको शनिबारको अधिवेशनले दयाराम तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । प्रथम उपाध्यक्ष भोलानाथ ओझा, द्वितीय उपाध्यक्ष शारदा लामिछाने, सचिव रामकृष्ण तिवारी, कोषाध्यक्ष नरेश तिवारी, सहसचिव हरिकृष्ण तिवारी र सहकोषाध्यक्ष रामचन्द्र तिवारी चयन भएका छन् ।

सदस्यहरुमा डा पूजन लामिछाने, धनकुमारी भुर्तेल, मोहन गुरुङ, विष्णुहरि तिवारी, मनमोहन अधिकारी, बद्रीनाथ भुर्तेल, राधिका भुर्तेल छन् । पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया