व्यासमा विवेकशील साझा पार्टी

समाधान संवाददाता २०७८ वैशाख १२ गते ९:००

समाधान संवाददाता, पोखरा

विवेकशील साझा पार्टीको व्यास नगर समिति घोषणा गरिएको छ । शनिबार दमौलीमा आयोजित भेलाले नगर समितिको संयोजकमा सलमान अलीलाई चयन गरेको छ ।

विवेकशील साझा पार्टी तनहुँका संयोजक सागर घिमिरेको संयोजकत्वमा आयोजित भेलाले १९ सदस्यीय नगरसमिति गठन गरेको छ जसको सहसंयोजकमा विप्लता ढुंगाना, सदस्यहरूमा विरोध श्रेष्ठ, महमद गफार, सुशीलकुमार श्रेष्ठ, उमेश पौडेल, रुपेश पन्थ, हसिना वानु, खेमराज परियार, हमिफ महम्मद, टुकराज अधिकारी, सिकन्दर बक्स, आशा बस्नेत, सरस्वती कार्की आले, राजन सापकोटा, टिकाराम छिमाल, सुर्यबहादुर विक, लक्ष्मण गुरुङ र सुरेस मझकोटी रहेका छन् ।

Advertisement

कार्यक्रममा विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख निर्देश सिलवालले पार्टीले देशव्यापी रुपमा संगठन विस्तार अभियानलाई तीव्र पारेको बताए ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य तथा गण्डकी प्रदेश संयोजक महेश भण्डारीले गण्डकी प्रदेश अन्तर्गत ७ वटा जिल्लामा संगठन निर्माण सकिसकेको र बाँकी जिल्लाहरुमा चाँडै विस्तार गर्ने जानकारी दिए ।

Advertisement

त्यस अवसरमा नगर समिति संयोजक अलीले देशमा विद्यमान राजनीति बिग्रँदै गएकाले यसको सुधारको निम्ति युवाहरु नै अगाडि आउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुशीला केसी अधिकारी, रजनी केसी, तृष्णा भण्डारी, आशुतोष प्रधान, रोशनी अधिकारी, सरोज गौतम, गण्डकी प्रदेश सदस्य तथा प्रदेश सचिवालय प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, प्रदेश सदस्य दिनेशकुमार थापा, कास्की संयोजक फणीन्द्र अधिकारी, पोखरा महानगर संयोजक अजय श्रेष्ठ, तनहुँ जिल्ला सदस्य नगेन्द्र शर्मा, कास्कीका पूर्व संयोजक एकराज न्यौपाने, पोखरा महानगरका पूर्व संयोजक मनकाजी गुरुङ, स्थानिय नेता रमेशप्रसाद आचार्य लगायतका नेताहरुले नवघोषित कार्यसमितिलाई शुभकामना सन्देश दिएका थिए ।

पार्टीका तनहुँ संयोजक सागर घिमिरेले जिल्लाका अन्य स्थानीय तहमा पनि संगठन निर्माणको तयारी गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया