पत्रकार महिलालाई सञ्चारिकाको सम्मान

समाधान संवाददाता, पोखरा
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले दुई पत्रकार महिलालाई शनिबार सम्मान गरेको छ ।
सञ्चारिका पत्रकारिता पुरस्कार २०७७बाट सुष्मा पौडेल र गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्डबाट प्रतीक्षा काफ्लेलाई सम्मान गरेको हो ।
पोखरा किन्डर गार्डेनका संस्थापक प्रिन्सिपल कमला प्रधानले सञ्चारिका र गुरुङ ब्युटी एकेडेमीका अध्यक्ष चिनु गुरुङले जर्नालिज्म अवार्ड स्थापना गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पहिलो महिला अध्यक्ष विमला भण्डारीलाई समेत सम्मान गरिएको छ ।
गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी लगायत प्रदेश तथा कास्कीका पदाधिकारी तथा कार्य समितिका सदस्यलाई बधाई ज्ञापन गरिएको छ ।
गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले आर्थिक रुपमा सशक्त नभएसम्म महिलाको नेतृत्व विकास हुन नसक्ने बताइन् ।
शर्माले पितृ सत्तात्मक साेंच, कुसंस्कार कारण अझै पनि महिला माथीको भेदभाव कायमै रहेको दाबी गरिन् ।
‘समग्र महिलाको सशक्तीकरण नहँदा अझै पनि नेतृत्व क्षमताको विकास हुन सकेको छैन,’उनले भनिन्, ‘नीति कानुन, संविधानमा व्यवस्था भए अनुसार राज्यका निकायमा महिलाको समान सहभागिता हुन सकेको छैन ।’
उनले महिला सक्षम र नेतृत्व विकास भए सबै क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्ने उल्लेख गरिन् ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिता बाध्यकारी नभएर नैतिक बन्धन भएको बताइन् । उनले काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता सबै पत्रकारले पालना गर्नुपर्ने चर्चा गरिन् ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव सुवेदी, पत्रकार महासंघ कास्कीका अध्यक्ष भण्डारी, महिला उपाध्यक्ष जमुना शर्मा, निवर्तमान अध्यक्ष तथा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका सहइञ्चार्ज श्याम कुँवर, प्रेस संगठन नेपालका गण्डकी प्रदेशका सहइन्चार्ज माधव पनेरु, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, विश्व हिन्दु महासंघ नेपाल कास्कीका अध्यक्ष पार्वता पौडेल, सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारी, महासचिव कविता श्रेष्ठ, सचिव कञ्चन थापा, कोषाध्यक्ष उमा आलेमगर लगायतले बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया