संकटमा गण्डकी सरकारः काठमाण्डु गएनन् मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७८ वैशाख १२ गते ११:०२

समाधान संवाददाता, पाेखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले आइतबार बिहान ११ बजे बाेलाएकाे एमाले महाधिवेशन आयाेजक कमिटीकाे आकस्मिक बैठकमा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागी नहुने भएका छन् ।

गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन भाेलिदेखि सुरु हुँदैछ । मुख्यमन्त्री गुरुङ विरुद्ध दर्ता गरिएकाे अविश्वासकाे प्रस्ताव यही विशेष अधिवेशनले टुङ्गाे लगाउनेछ ।

Advertisement

यही संकटकाे बेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले राजधानीमा आकस्मिक रुपमा बैठककाे आयाेजना गरेका छन् ।

पछिल्लाे समय याे सरकारमााथि सृजना भएकाे संकट टार्न गृहकार्य गरिरहेका गुरुङ व्यस्तता कै कारण बैठकमा सहभागी नहुने श्राेतले बतायाे । उनी अहिले आन्तरिक छलफल मै सकृय छन् ।

Advertisement

तपाईको प्रतिक्रिया