इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु

बग्दाद, (रासस–एएफपी)
इराकको राजधानी बग्दादस्थित इबन अल–खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ ।
स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी शुरु भएको थियो । उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो ।
दशकौंदेखिको द्वन्द्व र थोरै लगानीका कारण इराकी अस्पतालहरुको अवस्था अत्यन्त दयनीय छ । अस्पतालहरुमा औषधि र शैयाको पनि अभाव छ ।
उक्त दुर्घटना लगत्तै सामाजिक सञ्जालमा तिब्र आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्रीले आगलागीको कारणका बारेमा अनुसन्धान गर्न आदेश दिनु भएको छ ।
आगलागी हुँदा उक्त अस्पतालमा कोभिड–१९ का सख्त बिरामी ३० जनालाई राखिएको थियो ।
मध्यरातमा आगलागी भएलगत्तै अग्निनियन्त्रकहरु अस्पताल पुगेका थिए । अस्पतालमा कार्यरत कर्मचारी र बिरामी एवं आफन्तहरु भागभाग गरेका दृश्यहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका थिए ।
अस्पतालको प्रशासनका अनुसार अधिकांश बिरामीलाई अन्यत्र सार्नु परेको र भेन्टिलेटर हटाउँदा बिरामीको ज्यान गएको हो । कतिपयको धुँवाले निस्सासिएर मृत्यु भएको थियो ।
अस्पतालबाट १२० जना बिरामी र उनीहरुका आफन्तमध्ये ९० जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । तर कम्तीमा ५० जनालाई आगोले पोलेको छ । इराकमा बुधबार कोभिड–१९ का बिरामीको संख्या १० लाख नाघेको छ । यो अरब मुलुकमै सबैभन्दा बढी हो ।
इराकी स्वास्थ्य मन्त्रालयले गत फेब्रुअरी २०२० मा पहिलो संक्रमण देखिएयता हालसम्म १५ हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । करिब चार करोड जनसंख्या रहेको इराकमा हाल दैनिक ४० हजारको स्वास्थ्य परीक्षण गरिरहेको पनि मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार इराकका कम्तीमा दुई लाख ७५ हजार व्यक्तिले पहिलो डोज खोप लगाएका छन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया