गण्डकी सत्ता संकटः ३ दलकाे बैठक बस्दै, जनमाेर्चा सहभागी भएन

समाधान संवाददाता
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धकाे अविश्वासकाे प्रस्ताव भाेलि साेमबार नै प्रदेश सभामा टेबुल हुने भएपछि थप रणनीति तय गर्न अविश्वासकाे प्रस्ताव पक्षधर ३ दलकाे सम्युक्त बैठक बसिरहेकाे छ ।
आज बसेकेा कार्य व्यवस्था परामर्श समितीकाे बैठकले भाेलि नै अविश्वाकाे प्रस्ताव टेबल गर्ने र छलफल अघि बढाउने निर्णय गरेपछि नेपाली कांग्रेस, माअाेवादी र जसपाकाे संसदीय दलकाे बैठक बसेकाे हाे ।
बैठकमा सहभागी हुन जनमाेर्चाका सांसदलाई आग्रह गरिएपनि उनीहरु बैठकमा सहभागी भएका छैनन् ।
नेपाली कांग्रेसकाे नेतृत्वमा गण्डकी प्रदेश सभाका २८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्दै प्रदेश सभाकाे विशेष अधिवेशन माग गरेका थिए । अविश्वासकाे प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएकाे छ ।
प्रदेश प्रमुख अमिक शेरचनले साेही माग अनुसार बैशाख १३ गतेका लागि विशेष संसद आब्हान गरेका थिए ।
प्रदेश सभामा जनमाेर्चा निर्णायक शक्ती भएकाे छ । जनमाेर्चाकाे स्थानीय नेतृत्व कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्ने कुरामा असहमत भएपनि केन्द्रीय नेतृत्वले गुरुङ नेतृत्वकाे सरकारकाे विपक्षमा मतदान गर्न निर्देशन दिइसकेकाे छ ।
यस्ताे अवस्थामा निकट भविष्य मै सत्तारुढ हुन थालेका ३ जनकाे छलफलले आगामी सत्ताकाे यात्राकाे खाका काेर्ने अपेक्षा गरिएकाे छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया