गण्डकी सत्ता संकटः ३ दलकाे बैठक बस्दै, जनमाेर्चा सहभागी भएन

समाधान संवाददाता २०७८ वैशाख १२ गते १४:५८

समाधान संवाददाता

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धकाे अविश्वासकाे प्रस्ताव भाेलि साेमबार नै प्रदेश सभामा टेबुल हुने भएपछि थप रणनीति तय गर्न अविश्वासकाे प्रस्ताव पक्षधर ३ दलकाे सम्युक्त बैठक बसिरहेकाे छ ।

आज बसेकेा कार्य व्यवस्था परामर्श समितीकाे बैठकले भाेलि नै अविश्वाकाे प्रस्ताव टेबल गर्ने र छलफल अघि बढाउने निर्णय गरेपछि नेपाली कांग्रेस, माअाेवादी र जसपाकाे संसदीय दलकाे बैठक बसेकाे हाे ।

Advertisement

बैठकमा सहभागी हुन जनमाेर्चाका सांसदलाई आग्रह गरिएपनि उनीहरु बैठकमा सहभागी भएका छैनन् ।

नेपाली कांग्रेसकाे नेतृत्वमा गण्डकी प्रदेश सभाका २८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्दै प्रदेश सभाकाे विशेष अधिवेशन माग गरेका थिए । अविश्वासकाे प्रस्ताव दर्ता गर्दा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएकाे छ ।

Advertisement

प्रदेश प्रमुख अमिक शेरचनले साेही माग अनुसार बैशाख १३ गतेका लागि विशेष संसद आब्हान गरेका थिए ।

प्रदेश सभामा जनमाेर्चा निर्णायक शक्ती भएकाे छ । जनमाेर्चाकाे स्थानीय नेतृत्व कांग्रेसकाे नेतृत्वमा सरकार गठन गर्ने कुरामा असहमत भएपनि केन्द्रीय नेतृत्वले गुरुङ नेतृत्वकाे सरकारकाे विपक्षमा मतदान गर्न निर्देशन दिइसकेकाे छ ।

यस्ताे अवस्थामा निकट भविष्य मै सत्तारुढ हुन थालेका ३ जनकाे छलफलले आगामी सत्ताकाे यात्राकाे खाका काेर्ने अपेक्षा गरिएकाे छ ।

तपाईको प्रतिक्रिया