आदिवासी कलाकार महासंघमा शंकर विरही

समाधान संवाददाता २०७८ वैशाख १३ गते ८:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका आदिवासी जनजाति कलाकारको प्रथम प्रदेश स्तरीय भेला भएको छ ।

भेलाले आदिवासी जनजाति कलाकारलाई एकीकृत गर्दै आदिवासी जनजाति कलाकार महासघं नेपाल गण्डकी प्रदेश समिति गठन गरेको छ ।

Advertisement

प्रदेश समितिको अध्यक्ष शकरविरही गुरुङ, वरिष्ठ उपाध्यक्ष माया गुरुङ, प्रथम उपाध्यक्ष करण तामाङ, द्वितीय उपाध्यक्ष सरिता सारुमगर, महिला उपाध्यक्ष दुर्गा गुरुङ, महासचिव सुरेन्द्र गुरुङ, सचिव टस गुरुङ, महिला सचिव ज्योति गुरुङ, कोषाध्यक्ष दिलु लामा, सहकोषाध्यक्ष वसन्ती थापामगर छन् ।

प्रदेश कार्यसमिति सदस्यमा सविना गुरुङ,विमल जिसी, गुप्त गुरुङ, रविना गुरुङ, प्रशान्त तामाङ, कुमारी बुढामगर, निश्चल थापा, बत्ती थापामगर, रमा राना, सनम तामाङ, चिना थापामगर, संगीता गुरुङ, पृथ्वी भुजेल, सन गुरुङ र रेणु रेलामेमगर रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

Advertisement

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, नेपाल मगर सघं कास्की अध्यक्ष संगीता पुन, नेपाल तामाङ घेदुङ केन्द्रीय सचिवालय सदस्य दीपक तामाङ, किराँत सेवा समाज कास्की अध्यक्ष लोकेन्द्र राई, नेपाल हेल्मो समाज कास्की सचिव पूर्ण लामा, गुरुङ फिल्म एसोसियसन नेपाल(जिफान)का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया